मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार अधिकारी ।

Category: News . 2022-12-29

मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अध्यक्षमा पुन सिड्नी निवासी राजकुमार अधिकारी चयन भएका छन ।
हेटौड़ा मकवानपुर घर भई अष्ट्रेलियाको बिभिन्न राज्यहरूमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था मकवानपुर कम्युनिटी अष्ट्रेलियाको आज सम्पन्न अधिवेशन बाट पुन राजकुमार अधिकारी निर्विरोध चयन भएका छन । त्यस्तै समाजको उपाध्यक्षमा बिरोध थिंग, सचिव शुभेक्षा लामिछाने, सह-सचिव सुदीप सापकोटा, क़ोषाध्यक्ष विषम गौतम र कम्युनिटीको जन सम्पर्क अधिकृतमा सज्जन कार्कि चयन भएका छन भने कार्यसमिति सदस्यहरूमा सौरभ बानिया, सुशील डंगोल, सूजन अर्याल, राजीव सापकोटा, प्रताप सिंह लामा, जीवन जोशी, सुमन बर्तौला, रूपेश बर्तौला, सम्पूर्ण बानिया, आयुष अधिकारी, बिकास सिलवाल, संजिव थापा, कमल प्रसाद उप्रेती, युकेश पराजुली, सुमन न्यौपाने, राजन बिष्ट, श्री कृष्ण थापा र सुरेश भोलान गरी २५ सदस्यीय रहेका छन ।

त्यस्तै समाजको संरक्षकमा बिक्रम खरेल र गीतम लामा रहेका छन भने सल्लाहकार समितिमा सिद्धार्थ लामिछाने, सचिन श्रेष्ठ, रोशन दाहाल, प्रफुल्ल श्रेष्ठ, बुद्धि तामाँग, कर्ण यादव, अमित कुमार आचार्य र दीपेन्द्र कार्कि रहेका छन ।

कम्युनिटीको आज भएको भरचुअल जुम अधिवेशन बाट नया समिति चयन भएको हो । समाजले बिगतका दिनहरूमा मकवानपुर मात्र नभई नेपालीहरू सबैमा एकापसमा कार्यक्रमहरू आयोजना गर्दै भाईचारा को सम्बंध बिकास गर्दै आएको छ र आर्थिक सहयोग र अन्य चेतनमूलक कार्यक्रमहरू अष्ट्रेलियामा गर्दै आइरहेको छ ।

कम्युनिटीको अध्यक्ष राजकुमार अधिकारीले अध्यक्षमा चयन भए पस्चात सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सबै हेटौड़ा मकवानपुर बासी अनी सिंगो नेपालीहरूको लागी आफूले सकेको काम गर्ने बताए संगै सबैमा सहयोग गरी समाजलाइ सक्रिय र बिगतमा झै नेपाली समाजमा एक महत्वपूर्ण संस्थाको रुपमा अगाड़ी बढ़ाऊन हातमा हात राखेर लाग्न आग्रह समेत गरेका थिए ।
अष्ट्रेलियामा सक्रिय नेपाली संस्थाहरू मध्यको मकवानपुर कम्युनिटी अष्ट्रेलिया समेत एक संस्था रहेको संस्थाका उपाध्यक्ष मेलबर्न निवासी बिरोध थिंगले बताए साथै बिदेशी भूमीमा आफ़ु जन्मेको ठाऊको दाज़ु भाई र दीदी बहिनी संगै हुदा परिवार मै रहेको जस्तो अनुभूति हुने र यसले समाजमा काम गर्न समेत हौसला अनी निर्धक्क रही समाज सेवा गर्न पाइने बताए।

Makawanpur Community Australia (MCA) is a non-profit and non-political organization, driven by a group of like-minded people with a great passion for social connectivity and service to residents of Makawanpursocial reform.

Reach Us

  • Mailing Address
    Address: 5/38-42 Bay Street, Rockdale, NSW 2216
  • Phone
    +61 415676577 | 0421 729 343